![]()
ताप्लेजुङ, असार ४ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यमा उम्मेदवारी मनोनयन गर्न लागेका नेपाली कांगे्रसका मनकुमार पतङ्वालाई नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरी उम्मेद्वारी दर्ता नगर्ने शर्तमा छाडेका छन् ।
उम्मेद्वारी दर्ताका लागि खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक जाँदै गर्दा पतङ्वालाई चन्दका कार्यकर्ताले अपहरण गरेका थिए । उनीहरुले उम्मेद्वारी नदिने शर्तमा पतङ्वालाई छाडेको बताइएको छ ।
ताप्लेजुङ्गका अरु ठाउँमा भने शान्तिपुर्ण ढंगले मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


