![]()
कपिलवस्तु, असार ४ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेडामा बिस्फोट भएको छ ।
बम विष्फोटमा १० जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
आइतबार दिउँसो करिव २ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो ।
बम बिष्फोट गराउनुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे छानविन भइरहेको जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि बुटवल गरिएको छ । केहीको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार भइरहेको छ ।


