Breaking News.... EverestOnlineKhabar
July 26, 2026

त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न: एमबिएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको ५ मिनेटमै ह्वाट्सएपमा भाइरल

Loading

काठमाडौँ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायद्वारा सञ्चालित मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्र  परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिएको (लीक भएको) तथ्य सार्वजनिक भएको छ।

साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको

Organisational Behaviournविषयको परीक्षा सुरु भएको ५ मिनेट नबित्दै सामाजिक सञ्जालमा प्रश्नपत्र छ्यापछ्याप्ती भएको हो।

प्राप्त जानकारीअनुसार परीक्षा मध्याह्न १२:०० बजे सुरु भएको थियो। तर, १२:०५ बजे नै ‘ MBS 1st Sem Section C नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको फोटो पोस्ट गरिएको फेला परेको छ।

‘सुलभ सर’ ले पठाए प्रश्नपत्र, विद्यार्थीले मागे ‘सोलुसन’

सामाजिक सञ्जाल फेसबुकमा रहेको ‘TU Students नामक पेजले बाहिरिएका ह्वाट्सएप च्याटका स्क्रिनसटहरू सार्वजनिक गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ।

सार्वजनिक स्क्रिनसटमा ‘सुलभ सर’ नाम गरेका व्यक्तिले ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएको प्रस्ट देखिन्छ। प्रश्नपत्र आएलगत्तै ग्रुपमा रहेका ‘केशव भट्ट’ नाम गरेका परीक्षार्थीले “सर सोलुसन  पनि पठाइदिनु न” भन्दै म्यासेज गरेका छन्। त्यसको केही मिनेटमै सुलभ नाम गरेका व्यक्तिले एउटा पिडिएफ (PDF) फाइल समेत पठाएको देखिएको छ, यद्यपि उक्त फाइलभित्र के थियो भन्ने कुरा खुल्न सकेको छैन।

यति मात्र होइन, ग्रुपमा रहेका अर्का परीक्षार्थी ‘सुजन पौडेल’ ले अब आउने ‘इकोनोमिक्स’ विषयको परीक्षामा आफू ढिलो जाने भन्दै लेखेका छन्, “अब इकोनोमिक्सकोमा ढिला जान पर्ला सर। प्रश्न पत्र हाल्दिनुहोला यसरी।”

गोपनीयता र विश्वसनीयतामाथि मसिनो प्रश्न

देशकै ठूलो र पुरानो विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा यसरी सार्वजनिक रूपमै ह्वाट्सएपमार्फत प्रश्नपत्र र सम्भावित उत्तर आदानप्रदान हुनुले त्रिविको परीक्षा प्रणालीको मर्यादा, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर धक्का पुगेको छ।

मर्यादित र कडा सुरक्षाका बीच सञ्चालन हुनुपर्ने परीक्षा हलभित्र मोबाइल कसरी पुग्यो र परीक्षा सुरु भएको मिनेटभरमै प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा परीक्षार्थी तथा आम सरोकारवालाहरूले कडा आपत्ति जनाएका छन्।

यस घटनाका कारण मिहिनेत गरेर परीक्षा दिने देशभरका हजारौँ सोझा विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भएको भन्दै दोषीमाथि तत्काल कडा छानबिन गरी कारबाही गर्न माग गरिएको छ। घटनाबारे त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तथा परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक धारणा आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed