Breaking News.... EverestOnlineKhabar
May 1, 2026

उत्तर कोरियाले गर्यो फेरी क्षेप्यास्त्र परीक्षण

Loading

एजेन्सी,२५ जेठ ।
उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध र दबाबको बेवास्ता गर्दै पुनः क्षेप्यास्त्र परीक्षण गरेको छ । बिहीबार बिहानै उत्तर कोरियाले एकै पटक चारवटा क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । छोटो दुरीका ती क्षेप्यास्त्र दक्षिण कोरियालाई निशाना बनाउने क्षमताको रहेको संचारमाध्यमहरुको भनाइ छ ।
अमेरिकी रक्षा अधिकारीले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरेका छन् । ती अधिकारीका अनुसार गांगवोन प्रान्तको तटीक्ष क्षेत्र वोनसनबाट चारवटा क्षेप्यास्त्र परीक्षण गरिएको हो । ती क्षेप्यास्त्र करिब एक सय २४ माइलको दुरीमा खसेको जनाइएको छ । पाँच साताभन्दा कम अवधिमा उत्तर कोरियाले चौथो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed