Breaking News.... EverestOnlineKhabar
August 24, 2026

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ९० लाख बढी मतदाता…..

Loading

काठमाडौ,२३ जेठ ।
स्थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ मा तोकिएको छ । यसअघि घोषित जेठ ३१ कै मितिका लागि काम थालेकाले निर्वाचन आयोगले दोस्रो चरणको तयारी करीब करिब पूरा गरिसकेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणमा हुने ४६१ वटै स्थानीय तहमा निर्वाचन अधिकृतहरु खटिसकिएको बताए ।उनले भनेः‘निर्वाचन अधिकृत खटिसकिएको छ, सबै निर्वाचन सामग्रीहरु जिल्लामा पठाइसकिएको छ, मतदाता शिक्षाका लागि प्रत्येक घरमा पुग्ने गरी स्वयंसेवक खटाइएको छ ।’ शर्माले पहिलो चरणभन्दा दोस्रो चरणमा मतदाता शिक्षामा सुधार गरी स्वयंसेवकलाई घर घर पुगेको प्रमाण ल्याउन निर्देश गरिएको जानकारी दिए ।

प्रदेश नम्बर १, २, ५ र ७ को ४३ जिल्ला(नवलपरासी र रुकुमको केही भाग समेत) मा निर्वाचन हुन लागेको हो । तराईका चितवन बाहेकको १९ जिल्ला दोस्रो चरणमै परेको छ ।  पहिलो चरणमा बैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्ला(नवलपरासी र रुकुम समेत)का २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । भरतपुर महानगरपालिका बाहेक २८२ स्थानीय तहमा जनप्रतिनिधी बहाल भइसकेका छन् ।
भरतपुरमा मतगणना भइरहेका बेला मतपत्र च्यातिएको विवादलाई लिएर त्यहाँको परिणाम आउन सकेको छैन । आयोगले मतपत्र च्यातिएको वडा न.१९ मा पुनः मतदानको निर्णय गरेको छ । त्यहाँको परिणाम आउन अझै केही पर्खिनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed