Breaking News.... EverestOnlineKhabar
May 2, 2026

काठमाडौंमा यसवर्षकै बढी गर्मी,यसैहप्ता मनसुन भित्रिने….

Loading

काठमाडौ,२२ जेठ ।
काठमाडौं उपत्यकामा यसवर्षकै धेरै गर्मी भएको छ । उपत्यकाको तापक्रम आइतबार यसबर्षकै धेरै ३२ डिग्री सेल्सियस पुगेको मौसमविद्ले जनाएका छन् । अहिले पनि काठमाडौं गुम्म छ । सोमबार बिहानको तापक्रम नै २३ डिग्री सेल्सियस पुगेको छ । अघिल्ला दिनमा यतिबेलाको तापक्रम १७–१८ डिग्री हुने गरेको मौसमविद्ले बताए । गर्मीले तराईको जनजीवन झनै प्रभावित भएको छ । तर सोमबार बेलुकीपखदेखि भने केही राहत मिल्ने अनुमान गरिएको छ । बेलुकीपख मौसम बद्ली हुने र मंगलबारदेखि विस्तारै तापक्रम घट्दै जाने अनुमान गरिएको मौसमविदले जनाएका छन् ।
मंगलबार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पूर्वी वायु र जलवाष्पयुक्त हावा नेपाल प्रवेश गर्ने क्रममा रहेकाले मंगलबारदेखि पानी पर्ने अनुमान गरिएको हो । यस्तै अबको ३–४ दिन पछि मनसुन पनि भित्रने सम्भावना रहेकाले अब गर्मी घट्दै जाने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed