Breaking News.... EverestOnlineKhabar
April 30, 2026

च्याम्पियन्स ट्रफिः इंग्ल्याण्डको विजयी सुरुवात…..

Loading

एजेन्सी,१९ जेठ ।
च्याम्पियन्स ट्रफि क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य इंग्ल्याण्डले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डलाई जिताउन जोय रुटले १ सय २९ बलमा नटआउट १ सय ३३ रन बनाए । एलेक्स हेल्सले ८६ बलमा ९५ रन, इयान मोर्गनले ६१ बलमा नटआउट ७५ रनको योगदान गरे । बंगलादेशका मसरफी मोरटाजा र सब्बिर रहमानले एक–एक विकेट लिए ।
ओभलमा पहिले ब्याटिङ गरेको बंगलादेशले तमिम इकवालको १ सय ४२ बलमा बनाएको १ सय २८ र मुस्फिकर रहिमको ७२ बलमा बनाएको ७९ रनको मद्दतमा ३ सय ५ रन बनाएको थियो । सौम्य सरकारले ३४ बलमा २८ रन, इमरुल कायसर्ल २० बलमा १९ रन, सब्बिर रहमानले १५ बलमा २४ रन बनाएका थिए । इंग्ल्याण्डका लिम प्लनकेटले चार साथै ज्याक बेल र बेन स्टोक्सले एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed