Breaking News.... EverestOnlineKhabar
April 30, 2026

फिफा वरियतामा नेपालको ४ स्थान सुधार,यी हुन् उत्कृष्ठ १५ मुलुक….

Loading

काठमाडौ,१९ जेठ ।
फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लिँदै १ सय ६९ औँ स्थानमा पुगेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल चार स्थान सुधार गर्न सफल भएको हो । यसअघि नेपाल १ सय ७३ औँ स्थानमा थियो ।
भारत १ सय औँ स्थानमा रहँदै दक्षिण एसियाको शीर्ष स्थानमा कायमै छ भने नेपाल पाँचौ स्थानमा छ । समान चार अंक तल झरेका माल्दिभ्स १ सय ५६ औँ र अफगानस्तिान १ सय ५८ औँ स्थानमा छ । दुई स्थान तल झरेको भुटान भने १ सय ६६ औँ स्थानमा छ ।
एक स्थान माथि उक्लिएको बंगलादेश १ सय ९२ औँ स्थानमा छ भने उही अवस्थामा रहेको श्रीलंका १ सय ९७ औँ र एक स्थान सुधार गर्दै २ सय औँ स्थानमा रहेको पाकिस्तान दक्षिण एसियाली फुटबलको पुछारमा छ ।
यी हुन् उत्कृष्ट १५ देश
ब्राजिल
अर्जेन्टिना
जर्मनी
चिली
कोलम्बिया
फ्रान्स
बेल्जियम
पोर्चुगल
स्वीट्जरल्याण्ड
स्पेन
पोल्याण्ड
इटाली
वेल्स
इंग्ल्याण्ड
पेरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed