Breaking News.... EverestOnlineKhabar
August 25, 2026

बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ।

Loading

काठमाडौँ । ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायत रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ ९ गते बिहान करिब ९ः३० बजे काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरबाट थापागाउँ जाने सडकखण्डको आकाशे पुलमुनि घटना भएको हो।
पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने तथा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ।

घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.