Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहित परिवारका सबै सदस्य अस्वस्थ भएका छन् । पत्नी सीता दाहाललाई ज्वरो आएपछि आइतवार सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

सीता दाहालको उपचार चलिरहेकै बेला भाइरल ज्वरोका कारण प्रचण्डकी नातिनी स्मिता दाहाल, दुई नाति प्रसिद्ध दाहाल र प्रणव दाहाललाई समेतलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । उनीहरुलाई सोमवार साँझ घर पठाइएको थियो । अहिले खानेपानीमन्त्री बिना मगर ज्वरोको कारण अस्पतालमा उपचार भइरहेको छ ।

सुमेरु अस्पतालमा प्रचण्ड पत्नी सीता र बुहारी बिनाको उपचार भइरहेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । चिकित्सकका अनुसार दुवैजनाको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले अध्यक्ष प्रचण्डलाई केही दिन घरमै आराम गर्न सल्लाह दिएका छन् ।

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई , तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहेका छन्।

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार नै सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गरे।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed