Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

मुम्बई : उर्वशी रौटेला लामो समयदेखि ठूलो ब्यानर र स्टारसँग फिल्म खेल्ने कोसिसमा थिइन्। अहिले आएर उनको प्रयास सफल भएको छ। उर्वशीको हातमा अहिले एउटा ठूलो ब्यानरको फिल्म परेको छ जसमा उनी जोन अब्राहमसँग जोडिएकी छन्।
उर्वशी फिल्म ‘पागलपन्ती’ को महत्त्वपूर्ण भूमिकामा देखिने छिन्। यो कमेडी फिल्म हो जसको निर्देशन अनिश बज्मीले गर्दैछन्। नो इन्ट्री, रेडी, थ्यांक युजस्ता फिल्मको निर्देशन अनिशले गरेका छन्।

पागलपन्ती ठूलो बजेटको फिल्म हो। जोनको साथमा यो फिल्ममा इलियाना डिक्रुज, अनिल कपुर, अरसद वारसी, कृति खरबन्दा र पुलकित सम्राट् पनि देखिनेछन्।

यो फिल्मको सुटिङ लन्डनबाट सुरु भएको छ। यसको सुटिङ ५० दिनसम्म चल्ने छ। उर्वशीले यो फिल्ममा अभिनय गर्ने तयारी गरेकी छन्। फिल्ममा जोनसँग इलियाना र पुलकितसँग कृतिको जोडी हुनेछ भने उर्वशीको भूमिका महत्त्वपूर्ण छ। उर्वशीले सनी देओलसँग ‘सिंह साहब द ग्रेट’ बाट करियर सुरु गरेकी थिइन्। यसपछि सनम रे, ग्रेट ग्रान्ड मस्ती र हेट स्टोरी सिरिजका फिल्ममा उनले काम गरिन्। ‘काबिल’ मा उर्वशीमाथि फिल्माइएको ‘सारा जमाना’ बोलको गीत हिट भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed