![]()
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गर्न समय माग गर्दा सभामुख कृष्णबहादुर महराले अनुमति नदिए पछि कांग्रेसका सांसदहरुले रोस्टम अगाडि उभिएर विरोध जनाएका छन् । सांसदहरुको विरोध पछि बैठक केही बेरका लागि रोस्टम घेर्न पुगेका थिए ।
सम्बोधन लगत्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, मिनेन्द्र रिजाल, गगन थापा लगायतले प्रश्न गर्न पाउनुपर्ने माग गरेका थिए । सभामुखले समय नदिएपछि बैठकमा उपस्थित कांग्रेसका सबै नेताहरुले उठेर विरोध जनाएका थिए । विरोधका बीच नै सभामुखले अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले निमित्त भरण कोष विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने अनुमति दिएपछि कांगेसका सांसदहरु रोस्टम घेर्न पुगेका थिए ।


