Breaking News.... EverestOnlineKhabar
May 1, 2026

चिसोका कारण उपत्यकामा रगतको अभाव

Loading

काठमाडौं उपत्यकामा चिसो बढेसँगै रगतको अभाव भएको छ । केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) ले गर्मी मौसममा दैनिक २ सय ५० जनासम्मले रक्तदान गर्ने गरेकोमा हाल सयदेखि १ सय ५० जनासम्मले रक्तदान गर्दै आएको जनाएको छ । केन्द्रका अनुसार तापक्रम कम भएका कारण रक्तदाताले रगत दिन नमान्ने हुँदा रक्त संकलनमा कमी आएको हो । शुक्रबार ४० जनाले मात्रै रक्तदान गरेका थिए ।

शनिबार ३ सय जनाले रक्तदान गरेको केन्द्रले जनाएको छ । गुप्ताले भने, ‘तापक्रम निकै कम छ, न्यानोमा बस्न चाहने भएकाले र रगत दिन कपडा फुकाल्दा चिसो हुन्छ, त्यही भएर पनि रगत संकलन गर्मीमा भन्दा चिसोमा थोरै हुन्छ  सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन अत्यन्त न्यून हुन थालेको छ । ब्लड बैंकले स्वस्थ नागरिकलाई रक्तदान गर्न अपिलसमेत गरेको छ ।

स्वस्थ शरीर, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको व्यक्तिले रक्तदान गर्न सक्ने चिकित्सक बताउँछन् । केन्द्रले रगतको अभाव नभएको दाबी गरे पनि सरकारी तथा निजी अस्पतालमा रगत नहुँदा बिरामी निकै मारमा पर्ने गरेका छन् । मुख्यतः जाडोको समयमा रगत संकलन कमी हुँदा पनि रगतको अभाव देखिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed