![]()
काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनी र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ । महानगर र चिनियाँ कम्पनीबीच चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना डीपीआर तयारका लागि सम्झौता भएको हो ।
राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा चीनको चाइना रेल वे २५ औँ ब्यूरो ग्रुप कम्पनी सीआरसीसीसँग काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चिनियाँ कम्पनीका ओभरसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङ्बिङले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता पत्र बुझ्दै चिनियाँ कम्पनीले ६ महिनामा अनौपचारिक डीपीआर प्रतिवेदन दिन तयार हुने दाबी गरेको छ । चिनियाँ रेल्वे अधिकारीले डीपीआर सहित मानोरेल निर्माण गर्न ५ वर्ष समय लाग्ने बताएका छन् ।


