Breaking News.... EverestOnlineKhabar
April 30, 2026

केसीको हातबाट महतले माइक खोसेपछि महासमिति बैठकमा तनाव

Loading

काठमाडौँ  ।  काँग्रेस महासमिति बैठकमा तनावको स्थिति आएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा तनावकाे अवस्था सिर्जना भएको हो ।

सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनाव भएको थियो ।  ‘म बोल्दै थिएँ । एकाएक डा महत आएर मेरो माइक खोस्न थाले । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ’ केसीले बताए ।

महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ गरेका थिए । महत पक्षधर नेताहरुले भने माइक भाँचिएको भएपनि ठूलो विवाद नभएको जनाएका छन । अवस्थालाई सामान्य बनाउन सहमहामन्त्रीले सक्रियता देखाएकै बेलामा माइक भाँचिएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed