Breaking News.... EverestOnlineKhabar
April 30, 2026

चीनको आर्थिक विकासको मार्गकाबारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने : राष्ट्रपति सी

Loading

बीबीसी । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको आर्थिक विकासको मार्गकाबारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए ।

चिनियाँ ‘ग्रेट हल अफ द पिपुल’मा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘समाजवादको झन्डा चिनियाँ भूमिमा अझै उचाइका साथ सदैव फर्फराइरहनेछ’–राष्ट्रपति सीले भने–‘चीनको कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।’

चिनियाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा  शुभारम्भ भएको थियो । तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनियाँ अर्थतन्त्रले अनेक संकटको सामना गर्नुपरिरहेको छ । दुवै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ ।

संयुक्तराज्य अमेरिकामाथि प्रत्यक्ष संकेत नगरी राष्ट्रपति सी चिनफिङले भने–‘चीन कुनैपनि मुलुकका लागि चुनौती होइन । तर, यसलाई कुनामा थन्क्याउँछु भन्नु ठूलो भूल हुनेछ । चिनियाँ जनताले के गर्नुपर्दछ वा के गर्नुहुँदैन भनेर कसैले हस्तक्षेप गर्ने परिस्थितिमा अहिले कोही छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed