Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको छ ।

खेलको तेस्रो मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । एपिएफका युवराज खड्काको पासमा लामाले गोल गरेका थिए । त्यस्तै खेलेको पहिलो हाफको १२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । उनले श्याम नेपालीको पासमा हेडिङमार्फत गोल गरेका थिए ।

खेलको पहिलो हाफको ३४औँ मिनेटमा मच्छिन्द्रले एक गोल फर्कायो । उसका लागि विदेशी खेलाडी अल्बा एडिमोलाले गोल गरे । जारी लिगमा मच्छिन्द्रको यो पहिलो गोल हो । नवौ खेल खेलिसकेको मछिन्द्रले यसअघि एक गोल पनि गर्न सकेको थिएन ।

खेलको पहिलो हाफसम्म २–१ गोलअन्तरले अगाडि रहेको एपिएफले दोस्रो हाफमा एक गोल थप्यो । एपिएफका रुपबहादुर लामाले गोल गरे । उनले खेलको ८८औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाए ।  एपिएफ अङ्क तालीकाको आठौं स्थानमा यथावत छ भने पराजित मच्छिन्द्र तीन अङ्कसहित अङ्क तालीकाको १३औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed