Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सरकार आफैले ल्याएको स्वेच्छिक अवकाशको प्रावधान हटायो, अवकाशका लागि निवेदन दिएका नौ हजार कर्मचारी निराश

Loading

काठमाडौं । सरकारी सेवामा कार्यरत स्थायी कर्मचारीले अबदेखि स्वेच्छिक अवकास लिन नपाउने भएका छन् । सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ मा स्वेच्छिक अवकास सम्बन्धी व्यवस्था हटाइएपछि कर्मचारी उक्त अवसरबाट बञ्चित हुने भएका हुन् । स्वेच्छिक अवकासको लागि यसअघि निवेदन दिइसकेका कर्मचारीले अब उक्त निवेदन फिर्तासमेत लिनु नपर्ने भएको छ ।

“कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ३० ले कर्मचारी समायोजन ऐन, २०७४ लाई खारेज गरेको र उक्त अध्यादेशमा स्वेच्छिक अवकाश सम्बन्धि कुनै पनि व्यवस्था नभएको हुँदा अब आईन्दा स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिइरहनु नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले यसअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नको लागि स्वेच्छिक अवकास लिन चाहने कर्मचारीलाई निवेदन दिन भनेको थियो । त्यसपछि साढे ९ हजार भन्दा बढी कर्मचारीले स्वेच्छिक अवकासको लागि निवेदन दिएका थिए । यसैबीचमा सरकारले कर्मचारी समायोजन अध्यादेश, २०७५ ल्याएको हो । सरकारले हाल समायोजन कार्यलाई अघि बढाइसकेको छ ।

स्वेच्छिक अवकासको विषयलाई लिएर कर्मचारी ट्रेड युनियनका नेता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एकअर्काबीच आरोप–प्रत्यारोपमा उत्रिएका थिए । ट्रेड युनियन नेताहरुले स्वेच्छिक अवकास हटाए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका थिए । जवाफमा सरकारले भने संसद् छल्दै स्वेच्छिक अवकासको प्रावधान नै हटाएर अध्यादेशमार्फत् कर्मचारी समायोजना कानुन ल्याएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed