Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मिस यूनिभर्स प्रतियोगितामा २३ वर्षीया मनिता प्रतिष्पर्धा गर्दै

Loading

एजेन्सी । थाइल्यान्डको बैंककमा आयोजना हुने ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछिन्, २३ वर्षीया मनिता देवकोटाले । अहिले प्रतियोगिताका प्रि–इभेन्टहरु भइरहेका छन् । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

मिस युनिभर्सले युट्यूबमा अपलोड गरेको ‘अराउन्ड द वल्र्ड विथ मिस युनिभर्स’ भिडियोमा मनितालाई निकै हाइलाइट गरिएको छ । यस भिडियोको सुरुवातमै प्रस्तुत हुने मनिताले पाटन दरवार स्क्वायर र काठमाडौंको एउटा नेवारी रेस्टुरेन्टको झलक देखाएकी छन् ।

मिस यूनिभर्स अन्तरगत अर्को महत्वपूर्ण इभेन्टका रुपमा लिइने ‘द नेसनल कस्ट्यूम’ पनि भइसकेको छ । यसमा प्रतियोगीहरुले आफ्नो देशको संस्कृति झल्किने मौलिक पोशाक लगाउनुपर्छ ।

यस इभेन्टमा मनिता ‘देवी अवलोकितेश्वर’ को अवतारमा प्रस्तुत भएकी थिइन्, जसमा उनका १२ हात देखिएका थिए । देवी अवलोकितेश्वर शक्ति, क्षमाशीलता, शान्ति र सौन्दर्यकी प्रतिमूर्ति मानिन्छिन्, जसले प्राचीन बुद्ध र भावी बुद्धको आगमनबीचको समयमा विश्वलाई निर्देशित गर्ने बताइन्छ ।

प्रतियोगिताका क्रममा केही दिनअगाडि आयोजित ‘च्यारिटी अक्सन’ मा मनिताले सर्वाधिक रकम उठाउन सफल भइन् । उनको सामग्री ३ लाख १० हजार भाट (९ हजार ५ सय डलर) मा लिलामी भएको थियो ।

च्यारिटी अक्सनमा मनिताले ‘बुद्धिस्ट स्याडो बक्स’ प्रस्तुत गरेकी थिइन् । आफ्नो अक्सन गिफ्टको बारेमा जानकारी दिँदै मनिताले भनेकी छन्, ‘यसमा लुम्बिनीको मुटु भगवान गौतम बुद्ध हुनुहुन्छ । यो स्याडो बक्सको रुपमा बनेको छ जसमा भगवान बुद्धको मुर्ति, बुद्धिष्ट बज्र, धर्म चक्र र स्तुपा रहेका छन् । यसको मुनि लुम्बिनीको पवित्र बालुवा रहेको छ ।’

आफ्नो गिफ्ट सर्वाधिक मूल्यमा बिक्री भएपछि प्रतिक्रिया दिँदै मनिताले आफूले यो मूल्यको अपेक्षा नगरेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed