Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारतः मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु, ९३ जना बिरामी

Loading

बीबीसी । भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

घटनास्थलनजिकै रहेको स्वास्थ्य कार्यालयका अधिकृतले मन्दिरमा वितरण गरिएको प्रसादमा विषाक्त पदार्थ मिसिएको हुन सक्ने बताए । विषाक्त खानाको परीक्षणका लागि प्रयोगशालामा लगिएको छ ।

बिरामीहरूलाई बान्ता हुने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेलगायत लक्षणहरू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed