![]()
काठमाडौँ । नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् ।
यो जनवरीदेखि नोभेम्बरसम्मको जहाजबाट आएका पर्यटक आवागमन हो जुन अघिल्लो वर्षको ११ महिनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ । छिमेकी मुलुक सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन् भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
विवरणअनुसार नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत र चीनपछि अमेरिका तेस्रो स्थानमा परेको छ । यो अवधिमा अमेरिकाबाट ८२ हजार ५५५ पर्यटक आएका छन् । बेलायतबाट ५७ र जर्मनीबाट ३४ हजार पर्यटक आएका छन् ।


