![]()
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बर को जीप आर्गीडाँडा ओडारेभीरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।
बिहिबार राती करिब ८ बजे दुर्घटना भएको हो । घाइते सात जनालाई उपचारका लागि तानसेन पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीपमा १० जना यात्रु सवार थिए । जीप सडकबाट करिब ५ सय मिटर तल भीरमा खसेको छ ।


