![]()
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले लगातार सातौं हार ब्यहोरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एनआरटी सरस्वती युथ क्लबसँग १–० गोलले पराजित भएको हो । पहिलो खेलमा आर्मीविरुद्ध २–२ गोलको बराबरी खेलेको एनआरटीले त्यसयताका सबै खेलमा पराजय भोगेको छ ।
जितसँगै सरस्वती क्लबले आठ खेलबाट तीन खेलमा जित र पाँच खेलमा पराजित हुदै ९ अंक बनाएको छ । एनआरटीले भने आठ खेलमध्ये सात खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै एक अंक मात्रै बनाएको छ ।


