![]()
एजेन्सी । अभिनेत्री प्रिया प्रकाश वारियर २०१८ मा भारतबाट गुगलमा सर्वाधिक खोजिनेको सूचीमा परेकी छिन् । प्रिया सोसल मिडियामा आँखा झिम्क्याएको भिडियोका कारण चर्चामा रहेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी निकै चर्चित भएकी थिइन् । सो भिडियो उनी अभिनित फिल्म ओरु अड्डार लभको गीतको एक अंश थियो ।
यही भिडियोपछि चर्चित बनेकी प्रियाले गुगलमा खोजिनेको सूचीमा बलिउडका स्टार्सलाई समेत पछि पार्न सफल भइन् । गुगलमा खोजिनेको सूचीमा उनी पछि हालै अभिनेत्री प्रियंका चोपडासँग विवाह बन्धनमा बाँधिएका निक जोनस रहेका छन् । जोनसपछि हरियाणाकी गायिका सपना चौधरी तेस्रो नम्बरमा गुगलमा सर्वाधिक खोजिनेको सूचीमा परेकी छिन् ।


