![]()
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित गर्यो ।
खेलको निर्धारित २० ओभरमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगरले ८४ रन मात्रै बनाउन सकेपछि स्कोर बरबरी भयो । यसपछि एक ओभरको निर्णायक खेलमा विराटनगरका लागि करण केसीले २० रन जोडे । २१ रनको चुनौती पछ्याएको पोखराले १३ रन मात्रै बनाउन सक्यो ।

जितसँगै विराटनगरले ईपिएल क्रिकेटको अंक तालिकामा २ खेलबाट ४ अंक जोडेको छ । लगातार तिन खेल हारेको पोखरा भने अंकविहीन अवस्थामा छ ।


