Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारत निर्वाचन : बिजेपीलाई झट्का, महत्वपूर्णस्थानमा कांग्रेस अगाडि

Loading

बीबीसी । भारतीय जनता पार्टी (बीजेपी) आफू सत्तामा रहेको तीनवटा प्रदेशमा विपक्षी कंग्रेसभन्दा पछाडि परेको छ। भारतको विधान सभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा प्रमुख प्रतिपक्षी दल कंग्रेसले अग्रता कायम गरिरहेको छ।

भारतको सन् २०१९ को शुरूतिर देशव्यापी रूपमा नयाँ संसदीय चुनाव हुने कार्यक्रम छ। दक्षिणी राज्य तेलङ्गना र उत्तरपूर्वी राज्य मिजोरममा पनि अहिले जारी विधान सभा चुनावको परिणामहरू सार्वजनिक हुन लागेको छ।

ती राज्यमा तेलङ्गना राज्य समिति र मिजो न्याशनल फ्रन्ट जस्ता क्षेत्रीय दलहरूले अग्रस्थानमा रहेका छन्। उत्तरी राज्य राजस्थानमा कंग्रेसले जित्ने अपेक्षा गरिएको छ।

मध्य भागमा पर्ने मध्य प्रदेशमा कंग्रेस र बीजेपीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। छत्तीसगढको प्रारम्भिक नतिजा अनुसार कंग्रेस ठूलो मत अन्तरले अगाडि छ। त्यसले धेरैलाई चकित तुल्याइदिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed