![]()
कास्की । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् ।
शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले पत्रकार सम्मेलन गर्दै यसवर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढ्ने बताए।
‘यो वर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढाउने नेकपाको सचिवालयमा सहमति भएको छ,’ उनले भने, ‘घोषणपत्रमा गरिएको संकल्पअनुसार काम हुन्छ।’ उनले भारतसँग ४ हवाई नाका, चीनसँग ४ बन्दरगाह, रेल लगायतका उपलब्धिले नेपालको परिभाषा नै फेरिएको उल्लेख गरे।
उनले पार्टी एकता टुंगिनेतिर गएको बताउँदै पार्टी र सरकारको कामको पनि समीक्षा भइरहेको जनाए।


