Breaking News.... EverestOnlineKhabar
May 1, 2026

साउदीले खशोग्गी हत्याका संदिग्धलाई टर्की नपठाउने

Loading

बीबीसी । पत्रकार जमाल खशोग्गीको हत्याका संदिग्धलाई आफ्नो जिम्मा लगाउन टर्कीले गरेको अनुरोधलाई साउदी अरबले अस्वीकार गरेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले खशोग्गीको हत्याका संदिग्धहरुलाई टर्की सरकारको जिम्मा लगाउन गत साता गरेको अनुरोधलाई साउदीले अस्वीकार गरेको हो ।

साउदी अरबका विदेशमन्त्री अदेल अल जुबेरले आफ्ना नागरिकलाई टर्कीको जिम्मा लगाउन नसक्ने स्पष्ट पार्नुभएको हो । गत अक्टोबरमा इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा भएको खशोग्गीको हत्यामा साउदी अरबले ११ जनालाई अभियोग लगाएको छ ।

साउदी गुप्तचर निकायका पूर्व प्रमुख अहमद अल अशिरी र पूर्व शाही सल्लाहकार साउद अल कहतानीलाई टर्कीको अदालतले पक्राउपूर्जी  समेत जारी गरेको थियो । राष्ट्रपति एर्दोगानले खशोग्गीको हत्या गर्न साउदी सरकारको उच्च तहबाट आदेश आएको आरोप लगाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed