Breaking News.... EverestOnlineKhabar
May 1, 2026

जनमतसंग्रहका माध्यमबाट मुलुकलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ : महामन्त्री कोइराला

Loading

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनमत संग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने बताएका छन् । भरतपुर गणेशधाम निर्माणार्थका आयोजित वृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए ।

‘मेरो व्यक्तिगत चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए ।

नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्ममा स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed