Breaking News.... EverestOnlineKhabar
May 1, 2026

चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने

Loading

एजेन्सी । उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिइन।

मन्त्री अर्यालका अनुसार अनुसार चीनमा आयोजित राष्ट्रसंघीय विश्व भौगोलिक सूचना व्यवस्थापन सम्मेलनका क्रममा नेपाल र चीनबीच स्याटलाइट तस्बिर निःशुल्क उपलब्ध गराउनेबारे सम्झौता भएको हो। सम्झौतापत्रमा नेपालका तर्फबाट सहसचिव जनकराज जोशीले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार स्याटलाइटबाट खिचिएको नेपालको सम्पूर्ण भूभागको तस्बिर चीनले आगामी पाँच वर्षसम्म निःशुल्क रुपमा उपलब्ध गराउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed