![]()
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ टिमले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफ ३–० ले विजयी भयो ।
एपीएफका लागि रुप बहादुर लामाले दुई तथा युवराज खड्काले एक गोल गरे । जितसँगै एपिएफ टिम ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ ।


