![]()
काठमाडौं । जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आइतबारको खेलमा थ्रीस्टार २–० ले विजयी भयो । थ्रीस्टारका लागि दुवै गोल रन्जित धिमालले गरे ।
अर्को खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्यो । हलचोक मैदानमा भएको खेलमा च्यासलका लागि सन्तबहादुर तामाङ, देवेन्द्र तामाङ र हेमन्त थापामगरले १/१ गोल गरे । पराजित टोली फ्रेन्ड्सका विकास लामाले १ गोल फर्काए ।


