Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।  ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवनलाई ११ रनले हरायो ।

खेलमा ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो । चितवनका दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । चितवनलाई सस्तैमा समेट्न लतिपुरका सन्दिप लामिछानेले ३ तथा सन्नी पटेलेले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिंदा गौरव तमोरले ३० रन जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed