![]()
काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटका बिशेषयता यस्ता छन :
व्यावसायिक चियर लिडर्स
गत संस्करणबाट इपिएलले चियरलिडर्सको प्रयोग गरेको थियो। योपटक व्यावसायिक चियरलिडर्सको प्रयोग गरिएको इपिएल आयोजकले जनाएको छ। आइपिएल तथा अन्तर्रााष्ट्रिय क्रिकेटमा आफ्नो कौशल देखाएका चियर लिर्डस रहनेछन्। ६ जना चियरलिडर्सलाई इंग्ल्यान्डबाट झिकाइएको छ।
क्याचको ५० हजार
यो पटकको दर्शकका लागि महत्वपूर्ण र मुख्य मानिएको र रोमाञ्चक्ताको महत्वपूर्ण विषय दर्शक क्याच रहेको छ। बाउन्ड्री जाने छक्कालाई कुनै पनि दर्शकले एक हातले क्याच गरे नगद ५० हजार दिइने आयोजकले जनाएको छ।
उत्कृष्ट पिच
आयोजकका अध्यक्ष आमीर अख्तरले छोटो समयमा आकर्षक पिच तयार गरेको दाबी गरेका छन् ब्याटिङपिचमा स्वभाविक रोमाञ्चकता रहनेछ। बलरहरुका लागि स्वाभाविक चुनौती बन्दा टी–२० को मज्जाका रूपमा रहने रनस्कोर व्यापक बन्न सक्ने बताइएको छ। कुनै पनि टिमले सहज रूपमा १५० सम्मको स्कोर तयार गर्न सक्नेछन्।
अन्तर्रााष्ट्रियस्तरको प्रविधि
प्रतियोगिताको प्रत्यक्ष प्रसारण अझ राम्रो र अन्तर्रााष्ट्रियस्तरको देखाउन पहिलोपटक एपी वान टेलिभिजनले टेलिलेन्स को प्रयोग गर्दैछ। भारतबाट ल्याइएको ४० एक्स टेलिलेन्सको भाडा मात्र १५ दिनको झन्डै १० लाख भारतीय रुपैयाँ रहेको जनाइएको छ। लेन्स चलाउने प्राविधिक पनि उतैबाट झिकाइएको छ।
विदेशी कमेन्टेर
नेपाली क्रिकेटमा पहिलो पटक विदेशी कमेन्टेटरको प्रयोग हुँदै छ। प्रतियोगिताभरि नेपालीसँगै विदेशीले पनि खेलको कमेन्ट्री गर्नेछन्। पालैपालो नेपाली र अंग्रेजीमा कमेन्ट्रीका लागि ४ जना विदेश कमेन्टेटरको व्यवस्था गरिएको आयोजकले जनाएको छ। कमेन्ट्रिमा मुख्य आकर्षण अहिले इंग्ल्याण्डको श्रीलंका भ्रमणमा कमेन्ट्री गरिरहेका श्रीलंकाका पूर्वअलराउन्डर फरवेज महरूफ हुनेछन्।


