Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रधानन्यायाधीश नियुक्तिमा विवाद बढ्यो, संवैधानिक परिषद् फेरि पनि अनिर्णित

Loading

काठमाडौं ।  संवैधानिक परिषदको बैठक केही बेर बसेर स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक कुनै निर्णयहरू नगरी स्थगित भएको हो।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस गर्नका लागि संवैधानिक परिषदको बैठक बसेको हो। तर, सिफारिस भने गर्न सकेन। बैठक फेरि केही दिनमा बस्ने संवैधानिक परिषदले जनाएको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण सेवा निवृत्त हुने भएसँगै सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो। न्याय परिषदले संवैधानिक परिषदमा दीपकराज जोशी र चाेलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed