Breaking News.... EverestOnlineKhabar
April 27, 2026

चेल्सीलाई पराजित गर्दै आर्सनलको कीर्तिमानी जित, १३ औं पटक एफए कपको उपाधि

Loading

एजेन्सी,१४ जेठ ।
एफए कप फुटबलको उपाधि आर्सनलले जितेको छ । घरेलु मैदान वेम्बली रंगशालामा शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले हराउँदै कीर्तिमानी १३ औं पटक एफए कपको उपाधि जितेको हो । आर्सनलको जितमा एलेक्स सान्चेज र आरोन रामसीले गोल गरे ।
विक्टर मोसिस दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएको चेल्सीका लागि डिएगो कोस्टाले एक गोल गरे । चौथो मिनेटमा नै सान्चेजले गोल गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई सुरुवाति अग्रता दिलाए । ६८ औं मिनेटमा मोसिस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भयो ।
त्यसको ८ मिनेटपछि कोस्टाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर ७९ औं मिनेटमा रामसीले गोल गरेपछि आर्सनलले २–१ को जित निश्चित गर्दै उपाधि पक्का गर्‍यो । पछिल्लो पटक सन् २०१५ मा उपाधि जितेको आर्सनलले वेङ्गरको प्रशिक्षणमा यो वर्ष पनि उपाधि जित्यो । समग्रमा आर्सनलले अहिलेसम्म १३ पटक उपाधि जित्दै एफए कपको इतिहासमा सबैभन्दा सफल क्लब बन्न सफल भएको छ ।
वेङ्गरको आर्सनलको २० वर्षे करिअरमा यो सातौं एफए कप उपाधि हो । कुनै पनि प्रशिक्षकले एफए कपको उपाधि जितेको यो नै सबैभन्दा धेरै हो । प्रिमियर लिग च्याम्पियन चेल्सी एफए कपको उपाधि पनि जित्दै यो सिजनलाई थप उपलब्धी मुलक बनाउने लक्ष्य लिएको थियो । तर त्यसमा सफल हुन सकेन । यो सहित एफए कपमा आर्सनल र चेल्सीबिच भएका पछिल्ला ९ खेलमा आर्सनल विजयी भएको छ । चेल्सीले पछिल्लो पटक सन् २००९ मा एफए कपको सेमिफाइनमा आर्सनललाई २–१ ले हराएको थियो । पछिल्लो ७० वर्षमा एफए कपमा चेल्सीले आर्सनलले हराएको यो नै पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed