Breaking News.... EverestOnlineKhabar
February 7, 2026

कोपा डेल रेको उपाधिमा बार्सिलोनाको हृयाट्रिक

Loading

बार्सा,१४ जेठ ।
लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ । योसंगै प्रशिक्षक लुइस इनरिकेको सुखद विदाइ गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा बार्सिलोनाले ३० औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेनन् । ३३ औं मिनेटमा हर्नान्डेजले बराबरी गोल फर्काए । ४५ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफ सकिनु अघि नै पाको अलासरले गोल गरेपछि बार्सिलोना ३–१ ले अगाडि रहृयो ।
दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र बार्सिलोना ३–१ को जितसँगै उपाधिमा हृयाट्रिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.