Breaking News.... EverestOnlineKhabar
May 1, 2026

वाटफोर्डलाई हराउँदै म्यानचेष्टर सीटी शीर्ष स्थानमा

Loading

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको शानदार लय जारी छ । गएराति भएको खेलमा वाट्फोर्डलाई हराउँदै सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलमाथि ५ अंकको अग्रता बनाएको छ ।

वाट्फोर्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन लेराए साने र रियाद माहारेजले १–१ गोल गरे । घरेलु टोली वाट्फोर्डका डोकोरेले एक गोल फर्काए । जितसँगै म्यान सिटीले १५ खेलबाट ४१ अंक जोडेको छ ।

एक खेल कम खेलेको लिभरपुल ३६ अंकसहित दोस्रो स्थानमा छ ।   प्रिमियर लिग फुटबलमा  बर्नमाउथ, वेष्ट ह्याम युनाईटेड र ब्राईटन पनि विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed