![]()
काठमाडौं । विभिन्न चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई मंसिर २३ गते हुने भएको छ। सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले भारतसहित चार देशका लागि प्रस्तावित राजदूतहरूलाई सुनुवाईका लागि मंसिर २३ गते बोलाउने निर्णय भएको हो ।
सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि डा. अञ्जान शाक्यलाई सिफारिस गरिसकेको छ।
सुनुवाई समितिले प्रस्तावित राजदूतबारे उजुरीका लागि आह्वान गरेपनि कसै विरूद्ध पनि उजुरी परेको थिएन। तर, समग्र राजदूत सिफारिसको प्रक्रियामा केन्द्रीत रहेर एउटा सुझावका रूपमा सतिषराज मैनालीले उजुरी दर्ता गरेका छन्।


