Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं ।  रुवान्डामा रहेको चौधरी ग्रुपकोे एक होटल लिलामीको  प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्न लागेको हो ।

बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको थियो ।  होटलले बैंकलाई एक करोड ८० लाख डलर ऋण तिर्न बाँकी छ ।

नेपालका धनाड्य विनोद चौधरीले रुवान्डाकै रोबर्ट वाफाकुलेरा र अलिखान कर्मालीसँग मिलेर उबुम्वे होटल खोलेका थिए । जिंक ब्रान्डअन्तर्गत त्यस होटललाई व्यवस्थापन गर्ने भनिएको थियो । तर, त्यसअनुरुप काम हुन नसकेको  द न्यू टाइम्सले लेखेको छ । त्यसपछि हिल्टन ग्रुपले उक्त होटल व्यवस्थाप गर्ने कुरा सार्वजनिक भएपनि शेयर सदस्यहरुबीच झन् विवाद बढेको बताइन्छ ।

पछिल्लो समय केसीबी बैंक र चौधरी ग्रुपबीच समस्या समाधानको प्रयासमा बैठकसमेत बसेको थियो । तर, बैठकको निष्कर्ष सार्वजनिक भइसकेको छैन । अन्य शेयर सदस्यहरुले चौधरी ग्रुपको शेयर किन्ने कि नकिन्ने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

चौधरी ग्रुपले बिभिन्न देशहरुमा लक्जरी होटलहरु सञ्चालन गरिरहेको छ । विश्वकै चर्चित बहुराष्ट्रिय होटल ब्रान्ड ताज प्यालेस, अलिला, जेट विङ, द फर्म लगायतसँग चौधरी ग्रुपले सहकार्य गरी विभिन्न मुलुकमा होटल सञ्चालन गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed