Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मंगलबारबाट काठमाडौँमा ‘योनेक्स सनराइज नेपाल इन्टनरनेशनल ब्याड्मिन्टन सिरिज-२०१८’

Loading

काठमाडौँ । ‘योनेक्स सनराइज नेपाल इन्टनरनेशनल ब्याड्मिन्टन सिरिज-२०१८’ मंगलबारबाट काठमाडौँमा सुरु हुँदैछ। ब्याड्मिन्टन वर्ल्ड फेडेरेसन र ब्याड्मिन्टन एसियाको कार्यक्रम अन्तर्गत नेपाल ब्याड्मिन्टन संघले आयोजना गर्ने यस सिरिज मंसिर १८ देखि २२ गतेसम्म सशस्त्र प्रहरी बलको हलचोकस्थित हलमा सञ्चालन हुनेछ।

यस सिरिजमा नेपाल लगायत विश्वका २० देशका कूल १७८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ।

संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठका अनुसार यो विश्व ब्याड्मिन्टनको तेस्रो ग्रेडको टुर्नामेन्ट हो।  सिरिजमा ११७ पुरुष र ६१ महिला खेलाडी पाँच इभेन्टमा प्रतिसपर्धा गर्नेछन्। जसअन्तर्गत मेन्स सिंगल्समा सबैभन्दा धेरै ७७ खेलाडी छन्। यस्तै वुमन्स सिंगल्समा ४३ जना छन् भने मेन्स डबल्समा ३६ जोडी, वुमन्स डबल्समा १८ र मिक्स डबल्समा ३२ जोडी सहभागि हुनेछ।

नेपालबाट पुरुष १६ र महिला १३ गरी कूल २९ खेलाडीले प्रतिस्पर्धा गर्ने श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार यस  सिरिजमा मलेसिया र भारतबाट दोस्रो रोजाईका खेलाडीहरु आउने र अन्य देशबाट टप लेभलकै खेलाडी आउनेछन्।

नेपाल, भारत र मलेसियासँगै सिरिजमा अमेरिका, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्ड, मौरिसस, भुटान, श्रीलंका, बंगलादेश, पाकिस्तान, इरान, मंगोलिया, माल्दिभ्स, भियतनाम, बहराइन, म्यानमार र सिंगापुरका खेलाडी आउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed