Breaking News.... EverestOnlineKhabar
April 30, 2026

राष्ट्रपतिद्वारा रोयल क्यासल र संस्कृति तथा विज्ञान टावर अवलोकन

Loading

काठमाडौं ।  पोल्याण्ड भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानी वार्सास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका धरोहरको अवलोकन गर्नुभएको छ । उहाँले रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गर्नुभएको हो ।

रोयल क्यासल सन् १६०० तिर राजा सिग्मण्ड तृतीयले निर्माण गरेको कलात्मक दरबार हो । विगतमा विभिन्न किसिमका आक्रमणमा परेको यो दरबारको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउने गर्छ् ।

राष्ट्रपति अवलोकन गर्नुभएको संस्कृति तथा विज्ञान टावरसन् १९५५ मा निर्माण भएको हो । सो टावर रुसका तर्फबाट दिइएको उपहारका रुपमा चिनिएको छ । टावरको निर्माणका लागि रुस र पोल्याण्डका गरी करीब नौ हजार मानिस सहभागी रहेको जनाइएको छ । तीसभन्दा बढी तला रहेको सो टावरमा विभिन्न सांस्कृतिक तथा सार्वजनिक कार्यक्रम हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed