Breaking News.... EverestOnlineKhabar
April 30, 2026

खानेपानी मन्त्री मगरसंग पूर्व प्रधानमन्त्री खनाल असन्तुष्ट, उपत्यकामा मेलम्चीको पानी कहिले झर्छ भन्दै विकास समितिमा प्रश्न

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले खानेपानी मन्त्री बीना मगरप्रति असन्तुष्टि पोखेका छन । आइतबार बसेको विकास समितिको बैठकमा वरिष्ठ नेता खनालले समितिमा मन्त्री मगरको अनुपस्थितिलाई लिएर आलोचना गरेका हुन ।

काठमाडौंमा मेलम्चीको पानी कहिले आउँछ भन्ने बिषयमा सांसदहरुले प्रश्न उठाएकाबेला बिभागिय मन्त्री नै अनुपस्थित हुनु दुःखद भएको उनले बताए । उनले भने, ‘ यति महत्वपूर्ण छलफलमा मन्त्री नआउनु दुःखद हो । ’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको दुई महिनामा काठमाडौंमा पानी आउँछ भन्न सकिने अवस्था नरहेको पनि बताए । उनले भने, ‘ आउँदो मार्चसम्म पानी आउँछ भन्ने आधार के हो ? ’

बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले २ महिनामा आयोजनाको काम सकिने बताएका थिए । वरिष्ठ नेता खनालको प्रश्नको जवाफ दिंदै खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने, ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ । ’

विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उनले दावी गरे । यसअघि मन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि सचिव ठाकुरले माफी मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed