Breaking News.... EverestOnlineKhabar
April 30, 2026

संवैधानिक परिषद्को बैठक सोमबार, प्रधानन्यायाधीशमा चोलेन्द्र सिफारिस हुने लगभग निश्चित

Loading

काठमाडौं।  संवैधानिक परिषदको बैठक सोमबार बस्ने भएको छ। भावी प्रधानन्यायाधीशको सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्न लागेको हो।

न्याय परिषदबाट सिफारिस भइ आएका सर्वोच्च अदालनका न्यायाधीशहरू चोलेन्द्र शमसेर जबरा र दीपकराज जोशी मध्ये एक जनालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गर्नेछन्। जोशी पहिले नै संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएकोले जबरालाई नै सिफारिस गर्ने संवैधानिक परिषदले तयारी गरेको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकास पाउने भएसँगै सर्वोच्चमा प्रधानन्यायाधीशको पद खाली हुँदैछ। बरिष्ठतम न्यायाधीशको रुपमा जबराले जिम्मेवारी पाउने सम्भावना छ। केही दिन अघि न्याय परिषदले जोशी र जबराको नाम सिफारिस गरेको थियो। न्याय परिषदले पनि जोशीको नाम कैफियतमा पहिले अस्वीकृत भएको भनेर राखेकाले जबरा नै प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना बढी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed