Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । भारतीय किसानहरुले मोदी सरकारले किसानको अवस्था प्रति ध्यान नदिएको भन्दैदिल्ली चलो आन्दोलन सुरु गरेका छन्।
अखिल भारतीय किसान संघर्ष समन्वय समितिको आह्वानमा विभिन्न राज्यहरुबाट हजारौं संख्यामा किसानहरु नयाँ दिल्लीका लागि अघि बढेको बताइएको छ।दिल्लीमा किसानमात्र नभइ विद्यार्थी र मध्यम वर्गका मानिसहरुले साथ दिनेमा आयोजकको विश्वास छ।

‘किसानका लागि राष्ट्र’ भन्ने नाराका साथ किसानहरु दिल्ली आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। १० हजारभन्दा बढी किसान केही दिनमा दिल्लीमा भेला हुने अनुमान गरिएको छ।

केही हप्ता अघि पनि किसानहरुले दिल्लीमा भेला हुने कार्यक्रम बनाएका थिए। पहिला उनीहरुलार्इ दिल्ली प्रवेश गर्न रोकिएको थियो। शान्तिपूर्ण आन्दोलन गरिरहेका किसानमाथि प्रहरीले दमन गरेपछि मोदी सरकारको चर्को आलोचना भएको थियो। पछि उनीहरुलार्इ दिल्ली प्रवेशको अनुमति दिइएको थियो।

एक वर्षभन्दा अघिदेखि किसानहरुले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्। उनीहरुले संसदमा विचारधिन रहेको किसानसम्बन्धी दुर्इ विधेयक पारित गर्नुपर्ने माग राख्दै आएका छन्। उक्त विधेयक पारित भएको खण्डमा किसानहरुले ऋणमा सहुलियत पाउनुका साथै काम गरे वापत न्यूनतम पारिश्रमिक प्राप्त गर्नेछन्।

माग पुरा गर्न नसकेको खण्डमा आगामी निर्वाचनमा मोदी सरकारका लागि किसान आन्दोलन ठूलो चुनौतीका रुपमा रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed