Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ताइवान : समलिंगी विवाहलाई मान्यता दिने प्रस्ताव अस्वीकार

Loading

बीबीसी । ताइवानी नागरिकले समलिंगी विवाहलाई मान्यता दिने प्रस्ताव अस्वीकार गरेका छन् । ताइवानमा गरिएको जनमत संग्रहमा समलिंगी विवाहलाई मान्यता दिने प्रस्तावको विपक्षमा मत परेको हो ।

एसियामा समलिंगी विवाहलाई मान्यता दिने पहिलो मुलुक बन्ने ताइवानको योजना तत्काललाई विफल भएको  छ । सन् २०१७ मा ताइवानको सर्वाेच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिन संसद्लाई निर्देशन दिएको थियो । सर्वाेच्चले संसद्लाई समलिंगी विवाहलाई मान्यता दिन दुई वर्षको समय दिएको थियो ।

जनमतसंग्रहसँगै भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पराजित भएपछि राष्ट्रपति साई ईङ्ग वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले सन् २०१४ मा जितेको १३ वटा शहर र गाउँमा यसपटक पराजित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed