![]()
भैरहवा ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकोविरुद्ध आवाज उठाउन कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
बिहीबार भैरहवामा आयोजित कांग्रेस महासमिति बैठकको मस्यौदा सुझाव संकलनका लागि ५ नम्बर प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले मुलुकमा हत्या, बलात्कारजस्ता घटना बढ्दै गएपनि कांग्रेस नेताहरुले सरकारका गलत कदमप्रति बोल्न डराएको बताए ।
सभापति देउवाले पार्टीका नेताहरुले सरकारको गलत कदमविरुद्ध नबोल्दा सरकार थप अधिनायकवादतर्फ लम्किएको जिकिर गरे । नेकपाका नेता माधवकुमार नेपाललेसमेत ओलीविरुद्ध बोलिसकेको भन्दै उनले ‘माधव नेपाल जति बोल्ने हिम्मत कांग्रेस नेताहरुमा छैन ?’ भन्ने प्रश्न गरे ।
गत चुनावमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेको तर कांग्रेस आन्तरिक द्वन्द्वका कारण दुई पार्टीसरह भएकाले पराजित हुनुपरेको सभापति देउवाको जिकिर थियो ।


