![]()
काठमाडौं। सत्तारुढ संघीय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकमा विवाद भएपछि उपाध्यक्ष रेणु यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छिन्।
मंसिर २ गतेदेखि जारी पदाधिकारी बैठकमा पार्टीका उपमहासचिव प्रकाश अधिकारी र महासचिव रामसहायप्रसाद यादवले प्रदेश नम्बर २ को संयोजक र इन्जार्च पदबाट रेणु यादवलाई हटाउने प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन्।
असोज ३ गते पार्टीको केन्द्रको निर्णय निर्णय विपरीत प्रदेश २ मा कालो दिवस मनाएको आरोप रेणु यादवमाथि लगाइएको छ। प्रदेश २ मा कालो दिवस मनाउँदा पार्टीको छवि खराब भएको भन्दै संयोजक पदबाट हटाउनु पर्ने प्रस्तावमा उल्लेख गरिएको छ।
फोरम स्रोतका अनुसार बैठकमा प्रस्ताव आएपछि यादवले पार्टीको केन्द्रीय उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छिन्।
यादवले राजीनामा पत्र बुझाएपछि पदाधिकारी बैठक स्थगित गरिएको छ।
रेणु पार्टीमा अध्यक्ष उपेन्द्र यादवकी बिश्वासपात्र हुन ।


