![]()
काठमाडौं ।शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् बिहीबारदेखि तेस्रो चरणको खेल सुरु हुने भएको छ । तेस्रो चरणका खेल यही मंसिर ६, ७ र ८ गतेसम्म सन्चालन हुनेछन् । बिहीबार दुई खेल हुनेछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ ।
तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल सुरु हुनेछन् ।
लिगको विजेताले रु ५० लाख तथा उपविजेताले रु ३५ लाख पाउनेछन् । तेस्रो हुन टोलीले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौं टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टोलीले रु एक लाख पाउनेछ ।
प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ ।


