![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भइ उनी बुधबार फर्किएका हुन ।
नेपाल बेलायतमा पार्टीको कामसँगै गैरनेपाली आवासीय संघ, ब्रिटिस गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । नेपाल कात्तिक २९ गते बेलायत गएका थिए ।
नेता नेपाल स्वदेश फर्किएसंगै बिहीबार नेकपाको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा पार्टीको स्थायी कमिटी बैठकका एजेण्डा, प्रदेश र स्थानीय कमिटी गठन, केन्द्रीय सदस्यहरुको जिम्मेवारी लगायत सरकारका गतिविधिबारे छलफल हुनेछ । यसअघि केन्द्रीय सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपालले पेश गरेको असन्तुष्टि पत्रका बिषयमासमेत छलफल हुने जनाइएको छ ।


